बेलबारी नगर कार्यपालिका सदस्य माथी किशोरी करणी गरेको आरोप

बेलबारी नगर कार्यपालिका सदस्य माथी किशोरी करणी गरेको आरोप

विराटनगर । मोरङ बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य विजय तोलाङ्गीलाई एक जना किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

मोरङको उर्लाबारी घर भएकी २४ वर्षीय किशोरीलाई तोलाङ्गीले जबरजस्ती करणी गरेका आरोप लागेको हो । तोलाङ्गीले मोरङको जेफालेमा लगेर ती किशोरीलाई साउन १८ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा शनिवार किशोरीले ‘जबरजस्ती करणी मुद्दा’ मा उजुरीमा दिएका हुन् ।

इप्रका बेलबारीमा उजुरी दर्ता भएपछि कार्यपालिका सदस्य तोलाङ्गी फोन अफ गरी फरार भएका छन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित कार्यपालिका सदस्य हुन् । किशोरीले दिएको उजुरी प्रहरीले दर्ता गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । फरार तोलाङ्गीको खोजिकार्य भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्