बार्सिलोनाको फराकिलो जित, मेक्सिकोको क्लब पुमासविरुद्ध ६–० को जित

<span class='c1'>बार्सिलोनाको फराकिलो जित, मेक्सिकोको क्लब</span> <span class='c2'>पुमासविरुद्ध ६–० को जित</span>

स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले सिजनपूर्वको मैत्रीपूर्ण फुटबल खेलमा आइतबार राति मेक्सिकोको क्लब पुमासविरुद्ध ६–० को फराकिलो जित निकाल्न सफल भएको छ ।

बार्सिलोनाले रोबर्ट लेवानडोस्कीको गोलबाट तेस्रो मिनेटमै अग्रता लिएको थियो । पाँचौँ मिनेटमा पेड्रीले बार्सिलोनाको अग्रता दोब्बर बनाए । औसमाने डेम्बेलेले दशौँ मिनेटमा तेस्रो गोल थपे । १९औँ मिनेटमा पेड्रीले व्यक्तिगत दोस्रो गोल गरे ।

पहिलो हाफमा ४–० को अग्रता लिन सफल बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । ४९औँ मिनेटमा पिइरे–इमेरिक औबमेयाङले गोल गरे । खेल सकिन ६ मिनेट बाँकी हुँदा फ्रांक डी जोङले अर्को गोल थपे ।

बार्सिलोनाले यही अगस्ट १३ मा रायो भायोकानोविरुद्धको खेलबाट स्पेनिस ला लिगाको सुरुआत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्