पुरा समाचार : मृतक चन्नरदेवीको शव वडा कार्यालय परिसरमा राखेर प्रदर्शन

पुरा समाचार : मृतक चन्नरदेवीको शव वडा कार्यालय परिसरमा राखेर प्रदर्शन

प्रेम देवान
विराटनगर । सुनसरी बर्जुगाँउपालीका वडा नम्बर ३ को कार्यालयमा मृतक चन्नरदेवी रायको शव राखेर मृतकका आफन्त र स्थानियले मंगलबार प्रदर्शन गरेका छन् । बर्जु ३ डमडी चौककी चन्नरदेवी रायलाई स्थानिय छिमेकी संगिता कुमारी राय र उनका परिवारले निर्घात कुटपिट गरी घाईते भई उपचारको क्रममा मृत्यु भएपछि चन्नरदेवीको शव वडा कार्यालयमा राखेर प्रदर्शन गरेका छन् ।

 


गत साउन १३ गते छिमेकी चन्नरदेवी रायलाई संगिताले शरिरको विभिन्न अङ्गहरुमा निर्घात कुटपिट गरी घाईते बनाएकी थिईन् । घाईते रायको उपचारको क्रममा नौ दिनपछि कोसी अस्पताल विराटनगरमा आइतबार विहान मृत्यु भएको थियो । सामान्य रुपमा घाँस काटेको विषयलाई लिएर संगिताले लछारपासर गर्दै घरभित्र लगेर चन्नरदेवीको गुप्ताङ्गमा समेत हात हालेर घाईते बनाएको आरोप छ । जघन्य रुपमा रुपमा कुटपिट गरी घाईते भएकी रायको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्त र स्थानिय आक्रोसित बनेका छन् ।
घाईते भएकी चन्नरदेवीलाई वडा कार्यालयले स्थानिय छिमेकी विच भएको झगडालाई सामान्य रुपमा लिएर मिलाउन खोजेपछी स्थानिय झनै आक्रोसित बनेका थिए । आक्रोसित भिडले वडा कार्यालयको कम्प्युटर, टेवल पंखा, फोटोकपी मेसिन, फर्निचर लगाय झ्यालका सिसाहरु समेत तोडफोड गरेका छन् । आक्रोसित भिडले वडा अध्यक्ष विनोद गुरुङलाई समेत हातपात गरेका छन् ।


चन्नरदेवीको सोमबार कोशी अस्पतालमा पोष्टमार्टम गरिएको थियो । मंगलबार मृतकका आफन्तले शव बुझेर बर्जुगाउपालीका वडा न ३ कार्यालयको परिसरमा लगेर प्रदर्शन गरेका छन् । बुहारीलाई शरिरको भिविन्न अङ्गमा लछारपछार गरि घाईते बनाई मृत्युको मुखमा पुर्याउन वाध्य बनाएको मृतककी सासुआमा गीतादेवी रायले आवर विराटनगरलाई बताईन् ।


मृतकका आफन्तले घटनामा दोषी उपर कडा भन्दा कडा सजाय गर्नुपर्ने , घटनामा संलग्न अन्य व्यक्तिलाई कारबाही गरिनुपर्ने , मृतकका परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने , नाबालक छोराछोरीको पढाई खर्च व्याहोरीदिनुपर्ने लगायतका माग राख्दै शव कार्यालयमा राखेर प्रदर्शन गरेका छन् । मृतक चन्नरदेवीको ५ बर्षका छोरा र ७ बर्षकी छोरी छन् । उनका श्रीमान् चटपटे बेचेर जिविको आर्जन गर्दै आएका थिए । यता मृतककी छोरीले पनि आमालाई नराम्रो तरिकाले कुटपिट गरेको सुनाईन् ।


मंगलबार दिनभर सो ठाँउ तनाव ग्रष्त भएपछि घटनाले अर्को मोड नलियोस भनेर सुनसरी प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । यता घटनाको विषयमा ईलाका प्रहरी कार्यालय दुवहीका प्रहरी ईन्चार्ज जय दिप माझी , बर्जुगाँउपालीकाका मेयर जीवक्ष कुमार राय, उपमेयर नितु चौधरी , मृतकका आफन्त र वडा कार्यालयका जनप्रतिनिधी वसी मृतकका आफन्तलाई क्षतिmपुर्ति दिने सहमती भएपछि शव बुझेका थिए ।
यता घटनामा संलग्न संगिता कुमारीलाई आईतबार बेलुकी पक्राउ गरी अनुसन्धान थालिएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले आवर विराटनगरलाई जानकारी दिए । मृतकका श्रीमान् सकलदिप रायले संगिता विरुद्ध कर्तव्य ज्यान मुद्धामा उजुरी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्