मेरी आमा!!

मेरी आमा!!

-रिकेश निराैला

मेरी आमा,मेरी आमा,प्राण प्रिय तिमी नै हाै मेरी आमा,
तिमी नै हाै मेराे जन्मदाता,तिमी नै मेराे भगवान।।
तिम्रै न्यानाे काख मलाई स्वर्ग भन्दा प्याराे लाग्छ,
अप्सराहरुकाे गीत भन्दा तिम्रै लाेरी प्याराे लाग्छ।।
तिमी छाै र पाे त आज म छु नी,
आज म जहाँ छु,जस्ताे छु सबै तिम्रै देन त हाे नी।।
माया तिमीले दियाै र पाे जिन्दगी मेराे छ,
आँसु तिमीले पियाै र पाे जिन्दगी मेराे छ,
फेरि तिम्रै काखमा फेरि लुटुपुटु हुन मन छ।।
काेखाई काेखाई गर्दै फेरि लिटाे-भात खान मन छ,
संसारकाे लागि तिमी एक मानव मात्र हाै,
तर मेराे लागि सारा संसार तिमी नै त हाै।।
मलाई दुख्दा तिमीलाई नै हुन्छ असय धेरै पीडा,
हरेक चाेटकाे दुख मेटाउने छाना तिमी नै त हाै मेरी आमा।।
स्वास्थ रहाेस तिम्रो शरीर सधै सधै भरी,
तिम्रै माया पाउ मेरी आमा सधै सधै यसै गरी-२।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्