विराटनगर । मोरङको सुन्दरहरैचास्थित बेलेपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राती १० बजे बालकृष्ण गिरीको घरमा आगलागी हुँदा बेलबारी नगरपालिका –११ का कुमार श्रेष्ठको मृत्यु भएको हो ।
मोरङ प्रहरीका अनुसार श्रेष्ठ गिरीको घरमा रङ लगाउने काम गर्ने श्रेष्ठको विद्युत सर्ट भएर आगलागी हुँदा मृत्यु भएको हो । उनी त्यहिं बसेका थिए । घरसँगै रहेको गिरीको काठ मील समेत जलेर नष्ट भएको छ । आगलागीको क्षतिको विवरण भने नआइसकेको प्रहरीले जनाएको छ ।