धरानका प्रमुख हर्क साम्पाङले सार्वजानिक गरे सयदिनको प्रगति

<span class='c1'>धरानका प्रमुख हर्क साम्पाङले</span> <span class='c2'>सार्वजानिक गरे सयदिनको प्रगति</span>

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू निर्वाचित भएदेखिका एकसय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत् बिहीबार १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरिएको हो । स्थानीय तह निर्वाचनमा प्रमुखमा निर्वाचित भएको एकसय दिनसम्ममा श्रम संस्कृतिको क्रान्ति सुरु गरेको, खानेपानीको चारवटा मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको, छ लाख विरुवा रोपेको, सरसफाइमा देखिने सुधार ल्याएको, प्रशासनिक सुधार तथा शान्ति सुरक्षामा स्थापना गरेको, जलबिद्युत परीक्षण, बाटो मर्मत संभार तथा तटबन्धन, विपद व्यवस्थापन गरेको, लागु औषध विरुद्धको अभियान सुरु गरेको उल्लेख छ । यसैगरी शैक्षिक तथा स्वास्थ्य संस्थामा सुधार ल्याउन सकेको सार्वजानिक सुचनामा दावी गरिएको छ ।

सामाजिक संजाल फेसबुकमार्फत् सार्वजनिक कामको सूची हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्