सुन्दरहरैचाको बाला जलको फ्याक्ट्रीमा शिलबन्दी

<span class='c1'>सुन्दरहरैचाको बाला जलको</span> <span class='c2'>फ्याक्ट्रीमा शिलबन्दी</span>

विराटनगर । मोरङको सुन्दरहरैचा ४ दुलारीमा रहेको बाला जल इण्डष्ट्रिज उद्योगमा शिलबन्दी गरिएको छ । उद्योगबाट प्रशोधित पिउने पानी उत्पादन मापदण्ड विपरित देखिएपछि उद्योगमा शिलबन्दी गरिएको हो ।
खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका कार्यालय प्रमुख राजकुमार रिजालले नमूना संकलन गरेर उद्योगको उत्पादन तत्काल रोकिएको जानकारी दिए ।
उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा बिहीवार उद्योगमाथि अनुगमन गर्दा उक्त उधोग मापदण्ड विपरित सञ्चालनमा रहदै आएको पाइएको हो । अनुगमनका क्रममा उक्त फ्याक्ट्रिले हातले नै आँफै पानी बोतलमा र जारमा भरेर बजारमा पठाउँदै आएको भेटिएको थियो ।
रिजालका अनुसार उद्योगको अर्को कोठामा जारको पानी प्रशोधन र प्याकेजिङ्ग गर्ने संरचना रहेकोमा उक्त सरंचना भित्र प्रोसेसिङ्ग इक्युपमेन्ट र फिलिङ्ग इक्युपमेन्ट एकै ठाउमा रहेको, जार सफा गर्ने कक्ष नरहेको देखिएकाले संरचनागत र व्यवस्थापन पक्ष सुधार नभए सम्मको लागि उद्योगको उत्पादन बन्द हुने गरी शिलबन्दी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्