प्रदेश नं १ का यी जिल्लामा आजबाट बालबालिकालाई फाइजर खोप दिईने

<span class='c1'>प्रदेश नं १ का यी जिल्लामा</span> <span class='c2'>आजबाट बालबालिकालाई फाइजर खोप दिईने</span>

५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो ।

यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइनेछ ।

कुन–कुन जिल्लाका बालबालिकाले खोप पाउँछन् ?

मधेश प्रदेशका बारा, रौतहट र सर्लाही तथा बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकका बालबालिकालाई खोप दिइँदैछ ।

त्यसैगरी गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा र तनहुँ तथा लुम्बनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व जिल्लाका बालबालिकालाई पनि कोभिडविरद्धको खोप दिन लागिएको छ ।

कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि २७ जिल्लाका बालबालिकाहरुलाई सरकारले फाइजर खोप दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्