‘मृत’लाई जिवित बनाएको भ्रम फैलाएको आरोपमा पास्टर पक्राउ

‘मृत’लाई जिवित बनाएको भ्रम फैलाएको आरोपमा पास्टर पक्राउ

विराटनगर । मृत व्यक्तिलाई जिवित बनाएको दावीसहित भ्रम फैलाएको आरोपमा पास्टर पक्राउ परेका छन् । बुटवलको होली क्यालभरी चर्चका पास्टरलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामेले मृत व्यक्तिलाई जिवित बनाएको भिडियो सार्वजानिक भएको थियो । त्यसैको आरोपमा सोमबार दिउंसो बुटवलबाट उनलाई पक्राउ गरिएको छ ।
गोतामेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिएका छन् ।

आइतबार २ मिनेट ४५ सेकेण्ड लामो भिडियो सार्वजानिक भएको थियो । उक्त भिडिओ बुटवलको होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ ।
भिडियो भाइरल भएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अनुसन्धानका लागि आदेश दिएको थियो । प्रशासनको आदेशपछि ईलाका प्रहरी कार्यालय बुटवलले भिडियो सार्वजनिक गर्ने व्यक्तिको फेसबुक एकाउन्टका आधारमा अनुसन्धान सुरु गरेर गोतामेलाई पक्राउ गरेको हो ।

भिडियोमा भुइँमा ‘मृत’ जस्तै सुतेकी महिला पास्टरको तन्त्रमन्त्रपछि केही बेरमा उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई जीवित गराएको’ भन्दै यशुलाई धन्यवाद दिन भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्