प्रहरी निरीक्षकद्धय नेम्बाङ र अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित

प्रहरी निरीक्षकद्धय नेम्बाङ र अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित

विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी निरीक्षक नेम्बाङले बुढिगंगा गाउँपालिका–१ बस्ने दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवलाई अपहरणमा संलग्न आरोपीलाई पक्राउ तथा बालिका उद्धार गर्न सफल भएवापत सर्वोकृष्ट घोषित भएका हुन् ।

विराटनगर महानगरपालिका–१२ रोडषेश चोकबाट अनु साह नाम गरेकी महिलाले अपहरण गरी लगेको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गरेर बालिकालाई भारतको दरभंगाबाट सकुशल उद्धार गरिएको थियो ।

यसैगरी प्रहरी निरीक्षक अधिकारीले भोजपुर नगरपालिका–६ देउराली नजिकै ओडारे भन्ने स्थानमा भोजपुर नगरपालिका–८ पोखरेका ६० बर्षीय सूर्य बहादुर खत्रीलाई अज्ञात व्यक्तिले हत्या गरेको घटनाको अनुसन्धान सफल बनाएको भन्दै सर्वोकृष्ट घोषित गरिएको छ । हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन सफल भएकोले निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले २०७९ साल श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्