डा. तोसिमा कार्कीको उमेदवारीले निरन्तरता पाउने

डा. तोसिमा कार्कीको उमेदवारीले निरन्तरता पाउने

डा. तोसिमा कार्कीको उमेदवारीले निरन्तरता पाउने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उमेदवारी खारेज नगर्न दिएको सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको निवेदन अदालतबाट अस्वीकृत भएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले तोसिमाको उमेदवारीलाई निरन्तरता दिने आदेश दिएको छ ।

निर्वाचन आयोगले तोसिमा ‘लाभको पद’मा रहेको भन्दै उमेदावरी खारेज गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध तोसिमाले अदालतमा रिट दायर गरेकी थिइन् । रिटमा प्रारम्भिक सुनुवाइ पछि न्यायाधीश  डा. कुमार चुडालको इजलासले तोसिमाको उमेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश दिएको थियो ।

तोसिमा ललितपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार छिन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवारी दिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्