‘छक्का पञ्जा–४’को फर्ष्ट लुक पोस्टर सार्वजनिक

‘छक्का पञ्जा–४’को फर्ष्ट लुक पोस्टर सार्वजनिक

चलचित्र ‘छक्का पञ्जा–४’को फर्ष्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोष्टरमा बाइकको छेउमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी उभिएका छन् । हेमराज बिसीले निर्देशन गरेको चलचित्र फागुन १९ गते रिलिज हुँदैछ । चलचित्रको कार्यकारी निर्माता केदार घिमिरे र निर्मश शर्मा छन् ।

पोस्टर रिलिजसँगै दीपकराज गिरीसँग निर्देशक हेमराज बिसीको सम्बन्ध चिसिएको हल्ला सत्य नरहेको निर्माण पक्षले सन्देश दिन खोजेको छ ।

दीपक र हेमराजको सम्बन्ध चिसिएको हल्ला चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्