जय ढाका टोपी!

<span class='c1'>जय ढाका</span> <span class='c2'>टोपी!</span>

शिरको शान, देश प्रतिको मान,
ढाका टोपी हाम्रा लागि सर्वमुल्यवान्।
पहिरणमा सर्वश्रेष्ठ ,उच्च स्थानको आसना,
नेपाली शिर झुक्न नदिने टोपीकै वासना।

तर विडम्बना कस्तो मेरो प्यारो देशको,
व्यापारीद्वारा बेचिएछ सुन्दर पहिरण केशको।
क्याप लगाउने हिरो, ढाका टोपी लगाउनेको शिर फिर्यो,
भित्रीएका नयाँ फ्यासनमा मेरै देश कता हिंड्यो?

चिनाउनु पर्छ नि जगतलाई आफ्नो देश,
अरुको नक्कास गरी,देशको अपमान नगर्नु बेस।
सधैं ढाका सजाएर शिरमा राख्नु पनि भन्या होइन,
तर त्यसलाई अलप गर्ने पनि त होइन ।

आऔं आज टोपी दिवसका दिन, स्मरण गरौं एक बार,
देश कहिल्यै कसैको पैर सम्म नपुगेको सार।
जन्मदिन झैँ, यस दिनलाई नि रमणीय बनाऔं ।
आऔं आज सबै नेपाली, ढाका टोपी लगाऔं ।

जय टोपी , जय देश, जय नेपाल !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्