हरियो पुच्छ्रेतारा पृथ्वीबाट आजदेखि सहजै देख्न सकिने

हरियो पुच्छ्रेतारा पृथ्वीबाट आजदेखि सहजै देख्न सकिने

हरियो पुच्छ्रेतारा पृथ्वीबाट आजदेखि सहजै देख्न सकिने भएको छ । हिमयुगमा देखिएको यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । यो पुच्छ्रेतारा शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नांगो आँखाले हेर्न सकिने खगोलविद्हरूले बताएका छन् ।

खगोलविद्हरूका अनुसार आजदेखि करिब एक महिनासम्म यो  पुच्छ्रेतारालाई नेपालबाट हेर्न सकिनेछ । आजभन्दा ५० हजार वर्षपहिले पृथ्वीबाट सौर्यमण्डलमा देखिएको हरियो पुच्छेतारा नै फेरि पृथ्वीको नजिक आएको बताइएको छ ।

यो पुच्छेतारालाई पृथ्वीको उत्तरी गोलाद्र्धमा बस्नेले हेर्न सक्नेछन् । फेब्रुअरीपछि भने दक्षिणी गोलाद्र्धमा बस्नेले समेत देख्न सक्नेछन् ।

यो पुच्छ्रेतारा चिसो हिउँको डल्लो हो । यो सूर्य नजिक आउँदा तापले वाष्पीकरण भएर लामो मुस्लो निस्कन्छ । उक्त मुस्लो  पृथ्वीबाट हरियो रङको पुच्छर आकारको देखिने भएकाले हरियो पुच्छ्रेतारा भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्