रोजगारीको नाममा ठग्ने गिरोह पक्राउ गर

रोजगारीको नाममा ठग्ने गिरोह पक्राउ गर

वैदेशिक रोजगारीको नाममा विभिन्न देशमा पु¥याउने भन्दै युवाहरुसँग रकम असुलेर ठगि गर्ने गिरोह सक्रिय छ । राम्रो काम राम्रै दामको आस देखाएर छलछाम गरेर रकम असुलेपछि फरार हुनेहरुको जालोमा फसेकाहरुले न्याय नपाएको गुनासो गर्दै सडक चहार्दै हिड्ने गरेका छन् ।

मोरङमा मात्रै अहिले धेरै घरपरिवारको उठिबास गराउने गरि रकम असुलेर युवाहरुको बिजोग पारिएको छ । जापान लैजाने नाममा ग्रामिण क्षेत्रका युवाहरुलाई प्रलोभनमा पारेर रकम असुलेपछि मुख्य व्यक्ति फरार हुँदा एउटा समुदायमै त्यसले सिर्जना गरेको स्थितिले भयावह बनाएको छ । जसको कानुनी उपचारका लागि ठगिमा परेका युवाहरु गाउँदेखि सदरमुकाम विराटनगर धाईरहेका छन् । उनीहरुलाई न्याय चाहिएको छ, जसले उनीहरुसँगै परिवारको उठिबास रोकिने अवस्थामा पुगेको छ ।

सुरुमा आवेगमा बाँधिएर घरजग्गा धितोजमानीमा राखि ऋण लिएर बुझाएका युवाहरु रोजगारीमा जान त पाएका छैनन्, उनीहरुको घरबार समेत उठ्ने संभावनाले पिरोलिएका छन् । यस्तो अवस्थाले सामाजिक मनोविज्ञानमा खलल पु¥याउनका साथै व्यक्तिगत रुपमा ठगिएका युवाहरुको मानसिक तनाव बढाएको छ ।

पीडितहरुलाई योजनावद्ध जालोमा फसाएर फरार हुनेहरुले घरपरिवारको स्थितिका बारेमा थोरै पनि सोच्ने क्षमता राख्दैनन् । त्यस्ता पीडक राज्यको संरक्षण नपाए कानुनी कठघारा भन्दा बाहिर पनि रहन सक्दैनन् । यसैले यसबेला मोरङलगायतका जिल्लामा वैदेशिक रोजगारीको नाममा ठगिमा परेका उनीहरुको संरक्षण सबै तह र तप्काले गर्नुपर्ने जरुरी छ । त्यसैले रोजगारीको सपना देखाएर ठगिमा संलग्न भएकाहरुलाई यथाशिघ्र नियन्त्रणमा लिई उनीहरुको रकम असुल गरिदिनुपर्ने दायित्व राज्यको हुनुपर्दछ । त्यस बाहेक कानुनी रुपमा उनीहरुले खोजिरहेको उपचारमा तत्निकायले सहयोगी बन्नु जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्