गायक नन्दु गुरुङको ’आउँदैछु पियारी’ सार्वजनिक

गायक नन्दु गुरुङको ’आउँदैछु पियारी’ सार्वजनिक

विराटनगर । गायक नन्दु गुरुङको स्वरमा रहेको ’आउँदैछु पियारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार म्युजिक भिडियो भावसागर ईन्टरटेनमेन्ट नामको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

प्रायजसो मोफसलमै रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका गायक गुरुङको आवाजमा रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र सुशिला थापाले अभिनय गरेका छन् ।

दोलखाको रमणीय स्थल कालिञ्चोकका विभिन्न रमणीय स्थलहरुलाई म्युजिक भिडियो सुट गरिएको थियो।

म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन निसान घिमिरेले गरेका छन् । भने बरिष्ठ कवि तथा गीतकार अम्बिका गुरुङले लेखेको उक्त गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ भने नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् ।

गायक गुरुङ पहिलेका आफ्ना प्रस्तुतिहरुमा झैं यस गीतमा पनि आफूलाई दर्शक तथा श्रोताहरुको माया मिल्ने विश्वास व्यक्त गरेका छन् ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्