कलिलो मुना झैँ
थियो भर्खरै टुसाउदै
खै आयो कहाँबाट
बन्न नपाउँदै फुल त्यो टुसा
उखेलिदियो निमिट्यान्न पारी जरैबाट
नाँगो आँखा, छिचोल्दै बाहिरी वस्त्र
निर्वाद लुकेका प्रत्येक अंगहरुमा
पुगेछ लुट्न गिद्धलेझैँ
त्यही गिद्धे नजरमा
सन्ठझैँ
खोज्दाखोज्दै पवित्रता
भएछु सिनो
अहँ ! पत्तो पाइन ।
हो, त्यही दिनदेखि
बदलिएको छ परिभाषा प्रेमको,
दबिएको मनको कुनाबाट
नाई नास्ती गर्ने प्रेमलाई
निकालेर उसको हातमा
राखेकी थिए जिन्दगी ।
तर,
कुहिजाने शरीरमा लट्ठ रैछ उ
अपनाए उसको भावना
उसले त निम्ति आफ्नो प्यासी चाहाना
मायाको बाहानामा
बगाएको रहेछ प्रेमको धमीलो भेल
म लाटी पनि उस्तै
भुलभुलैया त्यो प्रेमको मेजमा
अभिमन्यु भएर भित्रसम्म पसिछु,
उसको प्रेम र मेरो पहिचान
एकै बनाउन ।
जुनबाट आजसम्म
भएकी छैन स्वतन्त्र ।
त्यही दिन देखि
समर्पण्बाट स्वार्थ भएको छ प्रेम
मेरो लागि
परिभाषा बदलिएको छ प्रेमको ।