कलाकार ‘म्याकुरी’ बेलबारी प्रहरी नियन्त्रणमा

कलाकार ‘म्याकुरी’ बेलबारी प्रहरी नियन्त्रणमा

विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ ।

मोरङको बेलबारी नगरपालिका–१ स्थित चिम्नी होटलमा मंगलबार मादक पदार्थ पीएर एकअर्काबीच झगडा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार उनलाई राती नियन्त्रणमा लिइएको थियो । उनीसँगै अर्का रमेश भण्डारीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुसँग झगडा गर्ने अर्को पक्ष र होटल सञ्चालक समेतलाई राखेर छलफल गराउने तयारी भईरहेको छ । त्रिपक्षीय छलफल गरेर उनीहरुको विषयमा थप अनुसन्धान अगाडी बढ्ने प्रहरी निरीक्षक धमलाले जानकारी दिएका छन् ।

उनी कमेडिएन हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्