रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” सार्वजनिक

<span class='c1'>रचना रिमालको स्वरमा “जय</span> <span class='c2'>माँ पाथीभरा” सार्वजनिक</span>

सुन्दरहरैँचा । पछिल्लो पुस्तामा चर्चित हुन सफल गायिका रचना रिमालको स्वरमा रहेको “जय माँ पाथीभरा” बोलको भजन भर्खरै सार्वजनिक भएको छ ।

पाथिभरादेवीको नाममा समर्पित गरेर तयार गरिएको भजनमा सुरेशचन्द्र दाहालको शब्द, डा भवानीशङ्खर भट्टराईको रचना तथा राजन क्षेत्रीको सङ्गीत रहेको छ । भिडियो ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको हो ।

दिनेश कोइरालाको अभिनय रहेको उक्त भजनमा कलर तथा सम्पादन रचनाकार दाहालकै रहेको छ । उक्त भजनलाई अहिले धर्मप्रेमी स्रोता तथा दर्शकले पनि रूचाएर राम्रो प्रतिक्रिया दिएको रचनाकार दाहालले बताउनुभयो ।

यसअघि उक्त भजन गायक प्रवीण बेडवालको स्वरमा रेकर्ड गरी सार्वजनिक गरिएको भजनका सङ्गतीकार क्षेत्रीले जानकारी दिनुभयो ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्