तिमि हुनुको भ्रम

तिमि हुनुको भ्रम

तिम्रो भ्रम
तिमि हुनुको भ्रम नजिकै भएर पनि टाढा छ
बादलले छेकेको सुर्यको किरण जस्तो
तिमि हुनुको भ्रम नदेखिने भएर पनि गाढा छ !
एउटा क्षणिक उपस्थिति, एक क्षणिक आनन्द,
तिमि हुनुको भ्रम इन्द्रेणी भएर पनि सादा छ!

हुस्सु लागेको बिहानीको धमिलो बाटो जसरि
तिमीले छेकेको मेरो मनको बाटोको गन्तव्यमा
म मेरो काल्पनिक प्रेम कथा लेखिरहेछु ,
महाभूकम्पले हल्लिएको पहाड जस्तो
एउटा डरलाग्दो विछोडको व्यथा देखिरहेछु ,

मेरो प्रेम पनि त भ्रम हो
जसलाई कोशीको प्रवाह झैँ अविरल हुने भ्रम छ
मेरो घृणा पनि त भ्रम हो
जसलाई तामाकोशीको छाल झैँ निश्चल हुने भ्रम छ
तिम्रो उपस्थिति सायद आधी अघिको शान्ति
आफ्नै विरुद्द मैले सुरु गरेको क्रान्ति
क्षणिक हावाहुरी, जसलाई मेरो ह्रदय उडाउनु छ

अखण्ड शान्तिदिप बन्ने सोचमा
निदाएको कुम्भकर्ण सपना
चैत को डढेलो बनेको अस्तव्यस्त विपना
तिमि हुनुको भ्रम
क्षणभंगुर साथ, सायद शाश्वत इश्वरको कल्पना

तिमि आउने र जाने क्रममा
मलाइ बाटो, सहयात्री र समय मात्रै बन्नु छैन
तिमि आएकोमा खुसि हुनुछ गएकोमा दुखि हुनुछ
तिमि हुनुको भ्रममा एउटा विराट बिहानी देख्नु छ
मैले नदेखेको एउटा कहानी लेख्नु छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्