रङ्ग भरेर प्रेमका

रङ्ग भरेर प्रेमका

रङ्ग भरेर प्रेमका
मन साटौंला सद्भाव
उमङ्ग त, उसै छ वसन्त
खुशी भरौं रङ्गिन पालुवाका ।

हाँसेर भरेको रङ्गले
प्रेमको भाव झल्काउँछ
जीवन जीउने कला
मिलन जोड्दै जाग्दछ ।

आउ तिमी
रमाउने छ सुन्दर घर
सप्तरङ्ग भरिएको
जोड्नु पर्छ सबैको भर ।

नीलो, पहेंलो र रातो
मुस्कान भरेर ओठमा
हजारौं भुल बिर्साउने
रङ्ग काफी छ चोटमा ।

भरेर उमङ्ग हृदयमा
मस्तिष्क उर्बर संसार
सम्बन्ध जोड्दछ भावले
जगाउँछ असल विचार ।

आउ न आउ
रङ्ग भरेर हाँसौला
वसन्तका फूल फुलेझैं
रङ्गिन भई फुलौला ।

खुशी आफ्ना हुन्
मन बाँडे त दुःखका
रुवाई बिर्साउने दिन
आउँदैछन् त प्रेमका ।

पालुवा पलाए झैं हरियाली
जीवन फुल्दछ रङ्गिन
साथसाथ जोडिए मात्रै
भरिभराउ हुन्छ खुशीयाली ।

भुलेर बिगतका तिक्तता
जगाउ मिठासका स्वर
बिकार हुन् रिस र आवेग
सम्झन्न फूलको रङ्गले कस्तो फुलें पोहोर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्