विराटनगरको तुलसी सहकारीको रकम घोटाला प्रकरण : बहुपक्षीय सहयोगबाट छानविन प्रतिवेदन तयार पार्दै प्रहरी

विराटनगरको तुलसी सहकारीको रकम घोटाला प्रकरण : बहुपक्षीय सहयोगबाट छानविन प्रतिवेदन तयार पार्दै प्रहरी

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थामा भएको अनियमितता अनुसन्धान गर्नुपूर्व त्यसको प्राविधिक पक्ष छानविन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले बहुपक्षीय छलफल र सहयोग मागेको छ । मोरङ प्रहरीका प्रमुख दिपक पोखरेलले त्यसको चारखाता हिसाब, लेखा परीक्षण प्रतिवेदनले औल्याएको विवरणका आधारमा सहकारीको स्थिति अध्ययन गर्नका लागि सहकारी विभाग, प्रहरी हेडक्वाटर, सिआईबी, चाटर्ड एकाउन्टेन्ट लगायतसँग छानविनका लागि सहयोग मागिएको हो ।

अनुसन्धान गर्नुपूर्वको छानविन गर्ने काम अन्तिम चरणमा पु¥याएका छौं, प्रहरी उपरीक्षक पोखरेलले भने–अब जाहेरी लिने र कानुन सम्मत रुपमा अनुसन्धान सुरु गर्ने काम थाल्नेछौं । प्रहरी उपरीक्षक पोखरेलले छानविनबाट निकालिएको निष्कर्षपछि पनि अनुसन्धानमा समस्या हुने स्थिति आए नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्राविधिक टोलिसँग सहयोग मागिने छ । मोरङ क्षेत्राधिकार भएका कारण घटना भएको जिल्लाको अनुसन्धानको कामका लागि सिआईबीसँग समन्वयनात्मक सहयोग लिइने छ ।

विराटनगरमा रहेको उक्त सहकारीले वचतकर्ताको रकम हिनामिना गरेर त्यसका अध्यक्ष नै फरार रहेका छन् । बाहिरी चर्चामा एक अर्ब ४५ करोड रुपैयाँ हिनामिना भएको अनुमान छ । तर, प्रहरीले त्यो रकम कसरी हिनामिना भयो भन्ने विषयमा छानविन गरिरहेको छ ।
प्रहरी नियन्त्रणमा सहकारी सचिव सविना न्यौपाने र उपाध्यक्ष अनिता गौतम छन् । अध्यक्ष केदारनाथ शर्मा फरार छन् । यस्तो स्थितिमा सहकारी भित्रको घोटालामा आन्तरिक छानविन गर्ने र प्रतिवेदन तयार पर्ने स्थिति छैन । सञ्चालक नै फरार भएपछि त्यसको यकिन विवरण जानकारीमा लिनका लागि प्रहरीले बहुपक्षीय सहयोग र छलफलबाट हरहिसाब खोजिरहेको छ । मुद्दा अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा जाँदा आवश्यक पर्ने सम्पूर्ण विवरण तयार पार्न अनुसन्धान पूर्वको छानविन भईरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

आउँछु भनेर झुक्याए सहकारीका अध्यक्षले
सहकारीमा समस्या देखापरेसँगै फरार रहेका अध्यक्ष केदारनाथ शर्मा नेपालमा छैनन् । यस्तै संचालक समितिका सदस्यहरु छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टि अधिकारी छन् । सदस्यहरु आदित्यराज भट्टराई, प्रमुख प्रबन्धक मन्दिप खवास र प्रबन्धक सुरुचि पोखरेल भने स्थानीय प्रशासनको सम्पर्कमा छन् । सहकारीमा बचतकर्ताको रकम दिन नसकेपछि अध्यक्ष शर्मा भागेका थिए । उपाध्यक्ष र सचिव पक्राउ परेपछि उनले भारतमा रहेको जानकारी दिदैं प्रहरीलाई फागुन १७ गते आउने भनेका थिए । तर, शर्माले प्रहरीलाई झुक्याएर अहिलेसम्म आएनन् । उनी नआएपछि बचतकर्ताको पैसा भराउनका लागि कानुनी प्रक्रियामा जानुपर्ने देखिएको छ ।

 सहयोग माग
सहकारीका उपाध्यक्ष अनिता गौतमले जिल्ला प्रशासन कार्यालय मोरङ, सहकारी विभाग काठमाडौं र प्रदेशको सहकारी रजिष्टारको कार्यालयलाई पत्राचार गर्दै समस्या समाधानका लागि आवश्यक सहयोगको माग गरेकी थिइन् । उपाध्यक्ष गौतमले सबै संचालक समितिका पदाधिकारीको तीन पुस्ते विवरण पनि जिल्ला प्रशासन कार्यालयमा बुझाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्