म फेरि फेरि याद आउनेछु प्रिय !

<span class='c1'>म फेरि फेरि याद</span> <span class='c2'>आउनेछु प्रिय !</span>

म जिउदै जिउदो छु प्रिय
वर्षौ अगाडी स्वाश्वनली काटन पुगेछु
म आँखाहरुले श्वास फेर्दैछु
मौन ओठहरुसँग नरुने आँखाहरु साटन पुगेछु

म ओठले संसार हेर्दैछु
तिम्रो स्वतन्त्रता बेचिएको हैन
सुरक्षासँग साटिएको हो
तिम्रो बाटो लम्बिएको हैन
मेरो बाटो छोटिएको हो
बाढीमा जमिन काटिएको हैन
प्राकृतिक डोरी बाटिएको हो ।

र,
म फेरि फेरि याद आउनेछु प्रिय
भोलीका भयानक वर्षाती रातहरुमा
भ्रमले अस्मिता लुटेका चक्रवाती प्रभातहरुमा
तिमीले अथाहै टिपेका वर-पिपलु पातहरुमा

परिवर्तनिय समयका चक्रिय पात्राहरुमा
समयातित हजुरआमाका थोत्रा झुत्रा मजेत्राहरुमा
तमाम अविश्वास अनि तिरस्कारले सुसज्जित कात्राहरुमा
तिमी नहेरिएका तस्बिर हेर्दै जाउ
हरेक मान्छे मरेर बाचेको छ कतै
नफोरिएका पर्खाल फोर्दै जाउ
हरेक मृत्युले जीवन साचेको छ कतै !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्