किसान

किसान

नमस्कार छ सबैलाई
जमिनको उर्बराशक्ति बढाउनलाई
रसायनिक मल कम गरी कम्पोस्ट मल प्रयोग गर्नलाई विषादी प्रयोग कम गरी घरेलु उपचार गर्न लाई
नयाँ नयाँ तरिका र ज्ञान दिनु किसानलाई
परिवारिक खेती गरी पृथ्वीलाई जोगाउनलाई
अनुरोध छ कृषि विकास कार्यालयलाई
नमस्कार छ सबैलाई.......

ब्यवसायिक खेती गरौँ विदेश जान रोक्नलाई
स्वरोजगारी बनौ र बनाउ युवा युवतीलाई
न जानु विदेश दलाल र रोगहरुको सिकार बन्नलाई
नमस्कार छ सबैलाई.......

तालिम दिनु भ्रमण गराउनु किसानलाई
तरकारी बाली मात्र होइन, पशुपंक्षी, माछा र मौरी पालन गर्नलाई
बजार व्यवस्थित गराई दिनु अनुरोध छ प्रदेश र नेपाल सरकारलाई
नमस्कार छ सबैलाई.......

नमस्कार छ सबैलाई
हेला नगर्नु किसान सम्झेर हामीलाई
प्रोत्साहन र प्राथमिकतामा राख्नु हामीलाई
अनुरोध छ कृषि विकास कार्यालय, प्रदेश र नेपाल सरकारलाई
नमस्कार छ सबैलाई.......
नमस्कार छ सबैलाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्