“माँ” हरुको नाममा !!!

“माँ” हरुको नाममा !!!

म एउटा कविता लेखौला उनी अनन्त खण्डकाव्य हुन्
म एउटा घरमा देखौला उनी सर्वव्यापी महाकाव्य हुन्
सिमित शब्दले आमाको कसरी दिनु परिभाषा
उनी हुन् सबै मान्छेले बुझ्ने आदिम दिव्य भाषा

हामी अर्जुन जस्तै तेज योद्धा हौला
उनी त्याग र तपस्याकी खानी कुन्ती हुन्
हामी अहंकार र घमण्डको दुर्योधन हौला
उनी गान्धारीको संवेग र महाभारतको शान्ति हुन्
हामीसँग केहि निम्छरा विचार होलान साथी
माता त द्रौपदीले गरेको महान क्रान्ति हुन्।

हुनसक्छ हामी अज्ञानताको आवेग हौला
रिस र घृणाले जलेका प्रेवेग हौला
माँ त क्रोध करुणा र क्षमाकी महाकाली हुन्
हुनसक्छ हामी कतै जल्ने एउटा दियो हौला
आमा त अनन्त परम दिपावली हुन्

हुनसक्छ तिम्रो आमाको लागि तिमी राम हौला
जाडोमा उदाउने लेकको न्यानो घाम हौला
उनी त त्याग र संघर्ष कि अदिति कौशल्या हुन्
उनी त ऋषि र देवताकी माता अनसूया हुन्।

म एउटा कविता लेखौला उनी अनन्त खण्डकाव्य हुन्
म एउटा घरमा देखौला उनी सर्वव्यापी महाकाव्य हुन्

माता तिर्थ औंशिको हार्दिक मंगलमय शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्