विद्यालय परिसरमै ज्यान मार्ने गरि कुटपिट गरेको आरोपमा १३ जना छात्रा पक्राउ

विद्यालय परिसरमै ज्यान मार्ने गरि कुटपिट गरेको आरोपमा १३ जना छात्रा पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रालाई सामूहिक कुटपिट गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बैशाख ६ गते विद्यालय परिसर भित्रै ज्यान मार्ने गरि कुटपिटमा संलग्न आरोपमा विद्यालयकै छात्राहरु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले घटनामा संलग्नलाई मंगलबार नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योग कसुरमा पाँचदिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार पीडितको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भईरहेको छ । बालिकाहरुले सामुहिक रुपमा भेला भएर पीडितलाई कुटपिट गर्दै खुट्टा ढोकाएको भिडियो सार्वजानिक गरेपछि घटना बाहिर आएको थियो ।

सामाजिक सञ्जालमा हालेको भिडियो अहिले सर्वाधिक आलोचित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्