भारततर्फ लैजाँदै गरेको १२० केजी गाँजासहित स्कोर्पियो विराटनगरबाट पक्राउ

भारततर्फ लैजाँदै गरेको १२० केजी गाँजासहित स्कोर्पियो विराटनगरबाट पक्राउ

विराटनगर । भारतीय गाडीमा राखेर सीमातर्फ लैजाँदै गरेको अवस्थामा विराटनगरबाट १२० केजी गाँजासहित स्कारपियो पक्राउ परेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.३ हेडक्वाटर कंकालिनी मोरङको टोलिले बुधबार बिहान २ बजे विराटनगर–१ नोबेल डेरी चौकबाट नियन्त्रणमा लिइएको हो ।

इटहरीबाट विराटनगर आईरहेको बीआर–११भी७६४५ नम्बरको सेतो–कालो गाडीलाई टंकीसिनवारी चौकमा रोक्न खोजिएको थियो । सशस्त्र प्रहरी बलले रोक्न खोज्दा भागेको उक्त गाडीलाई पिछा गर्दा विराटनगर–१ नोबेल डेरी चौकमा रोकिएको अवस्थामा फेला परेको थियो ।

सशस्त्र प्रहरी बल नेपालका सहायक प्रहरी निरीक्षक भुपेन्द्र काजी निरौलाको कमाण्डमा रहेको नौजनाको टोलिले पिछा गरेपछि चालक भने गाडी छोडेर फरार भएको दावी गरिएको छ । १२० वटा प्लाष्टिकको प्याकेजमा एककेजी दरका पोका बनाएर स्कर्पियोमा लोड गरि भारततर्फ लैजान लागिएको प्रहरीको आशंका छ ।

सशस्त्रले पक्राउ गरेको गाँजासहित गाडी बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङमा थप अनुसन्धानका लागि बुझाइएको निमित्त गणपति प्रहरी नायव उपरीक्षक हेमनाथ भट्टराईले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्