जहदामा मकैबारीबाट ४२२ केजी गाँजा नियन्त्रण

जहदामा मकैबारीबाट ४२२ केजी गाँजा नियन्त्रण

विराटनगर । मोरङको जहदा गाउँपालिका–२ बेरियारी टोलबाट इलाका प्रहरी कार्यालय रानीले ४२२ केजी गाँजा बरामद गरेको छ ।

स्थानीय मो.मजेबुल मियाँको मकैबारीमा गाँजा लुकाई राखेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध ब्यूरो रानीको टोलिले मध्यराती गाँजा बरामद गरेको हो ।

गाँजा कसले र किन ल्याएर राखेको भन्ने अझै यकिन भएको छैन । उक्त गाँजाको सम्बन्धमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ ।

गाँजा कारोबारमा संलग्न वा ओसार–पसारमा संलग्नहरुको खोजी भईरहेको प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्