वसन्त ऋतु

वसन्त ऋतु

-वीरबल खड्का
ऋतु राज वसन्त तिमी हौँ,
घुम्दै डुल्दै हामी बीच आयौ
फेरी पनि ,,,
नयाँ आशासँगै ठुलो भरोसा लिएर आयौ
समस्त पुराना कुराहरु हटेर गए
प्रकृतिले पुनः नयाँ श्रृंगार गरेर
चिटिक्क परेर लह लह
कलकलाउदो मुस्कान सहित आयौ वसन्त।।

जब तिमी आउछौँ
तोरीको फुलहरुले झुल्दै गीत गाउन थाल्छन्।
डाडा पाखा सबै तिर
कान्ला र करेसा हरिया भएर रमाउँछन्
सबैको मुहारमा हासों छर्छौ वसन्त।

वसन्त,,,
कोइलीको कुहु-कुहु ,,
वा
चरा चुरुङ्गीले आवाज फेर्छन
वसन्त जब तिमी आउछौँ
संगितको संसारमा सबैलाई डुबाउछौँ ।

वसन्त,,,
फुलहरुमा मौरीहरु भुनभुनाउन थाल्छन्।
नयाँ उत्साह बढाएका छौँ वसन्त
जागर थपिएको छ
मनमोहक वातावरणले
हरेकको मनमा विशेष स्फूर्ति बढाएको छौँ
वसन्त
प्रकृतिलाई पनि नयाँ स्वरुप देखाउन लगाउछौँ
त्यसैले त सबै लोभिन्छन,
कति मन्मस्पर्शी छौँ वसन्त तिमी।

वसन्त ,
बहार रुचि बढाउछौँ
बसन्तमा न गर्मी न चिसो ठिकै छौँ
राम्रो, रमाइलो र मनमोहक ऋतु हौँ
बसन्त जहा त्यहि हरियाली हुन्छौ।
सबैले मन पराउछन्
वा वसन्त ।

त्यसैले ऋतुराज छौँ वसन्त।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्