मेरी आमा

मेरी आमा

आफ्नो घर छोडेर आउने मेरी आमा
सबै सम्बन्ध तोडेर आउने मेरी आमा
नया थियो गाउँ , नया थियो ठाउँ
सबैलाइ साथ लिएर घर चलाउने मेरी आमा

म गर्भमा हुदा आफ्नो सौन्दर्य गुमाउने मेरी आमा
जति पीडा हुदा पनि, आफुलाइ बलियो बनाउने मेरी आमा
कहिले हस्पिटल कहिले धामी पुग्थिन मेरी आमा
आँखा भन्दा अलिक टाढा हुदा , छटपटाउने मेरी आमा

हामी जति ठुलो हुदा पनि उहाको लागि बच्चा नै छौ
सन्तान जति नराम्रो हुदा पनि ,आमाको लागि सच्चा नै छौ
सबैले भन्छ , भगवानको दोस्रो रुप हो आमा
तर म भन्छु भगवानको स्वरुप हो आमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्