सुन्दरहरैँचा । पूर्वका चर्चित गायक श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को पाथीभरा माताकाे नाममा समर्पित गरिएको भजन “पाथीभरा माताकी जय जय जय” सार्वजनिक भएको छ ।
गायक लुईटेलको स्वर, शब्द तथा संगीतमा रहेको सो भजनमा जाेनी तामाङकाे एरेन्ज रहेकाे छ । सुमन तामाङको छायांकन रहेकाे भजनकाे भिडियोमा गायक बाेकेदाह्रीका साथै, ज्याक, खेमराज भट्टराइ, कृष्ण सुवेदी लगायतको अभिनय रहेकाे छ । भिडियाे हेमन्त तामाङले सम्पादन गरेका हुन् ।
ए बा किन्देउ न भट्भटे, बाँके बर्दिया, डाँडाघरे काका मरे, सुनकाे सिक्री लगायतका दर्जनौँ कमेडी गीत मार्फत लोकप्रीय बनेका लुइटेलकाे “पाथीभरा माताकी जय जय जय ” भजन भर्खरै सार्वजनिक भएको हो ।
पाथीभरा माताकाे भजन भएकोले अन्य गीतकाे तुलनामा फरक तथा आध्यात्मिक संदेश बाेकेकाे गायक लुइँटेलले जानकारी दिए । उनले “पाथीभरा माताकी जय जय जय ” बाेलकाे भजन ताप्लेजुङकाे पाथिभरा मन्दिर क्षेत्रमा पुगेर छायांकन गरिएको उल्लेख गरे।
भिडियो हेर्नुहोस् :