कन्ट्रोल रुमबाट नियाल्छ मोरङ प्रहरीले २६९ सिसी क्यामराको क्याप्चर

कन्ट्रोल रुमबाट नियाल्छ मोरङ प्रहरीले २६९ सिसी क्यामराको क्याप्चर

विराटनगर । मोरङमा राजमार्गका तीन खण्ड भित्रको ६० किलोमिटर दुरी सिसी क्यामराको निगरानीमा छ । प्रदेश सरकार र पालिकाहरुले जडान गरेका २६९ थान सिसी क्यामराले दैनिक गतिविधिलाई क्याप्चर गरिरहेको हुन्छ । त्यसलाई जिल्ला प्रहरी कार्यालय मोरङले आफ्नो कन्ट्रोल रुमबाट निकालिरहेको हुन्छ ।

प्रदेश राजधानी विराटनगर सिसी क्यामराको सञ्जाल भित्र दैनिक गतिविधि कैद हुने क्षेत्रमा पर्दछ । यहाँको मुख्य शहरलाई दैनिक निगरानी गर्न सिसी क्यामरा छन् । मुख्य चौकदेखि सहायकसम्म सिसी क्यामराले क्याप्चर गरेको भिडिओ फुटेज प्रहरीले कन्ट्रोल रुमबाट एनालाइसिस गर्दै आएको छ ।

मोरङमा सिसीटिभीको सञ्जाल काठमाडौंपछिको ठूलो मानिन्छ । सिसी टिभीका लागि रानी–धरान कोशी राजमार्गको सीमान्त क्षेत्र रानीदेखि महानगरपालिकाको ढाटसम्म अप्टिकल फाइबर नै बिछ्याइएको छ।

त्यस्तै महेन्द्र राजमार्गको इटहरी बुढीखोलादेखि पूर्व भाउन्नेसम्म र पथरीदेखि उर्लाबारीसम्म दुई खण्ड अप्टिकल फाइबर राखिएको छ। मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जनकुमार दाहालले फिक्स्ड र पिटिजेड गरी दुई प्रकारका क्यामेरा जडान गरिएको जानकारी दिएका छन् । उनले सुरक्षा संवेदनशीलता मात्रै नभई अपराध अनुसन्धानका लागि सिसी क्यामरा प्रभावकारी बन्दै आएको बताए ।
प्रदेश सरकारले विराटनगर हाई वे एरियामा २० थान फिक्स्ड र १५ थान पिटिजेड क्यामरा जडान गरिएको थियो। त्यस बाहेक पछि पुनः थप गरेर संख्या बढाइएको छ । त्यस्तै इटहरी बुढीखोलादेखि भाउन्नेसम्म तथा पथरीदेखि उर्लाबारीसम्म ९–९ थान फिक्स्ड र ४–४ थान पिटिजेड क्यामरा जडान गरिएको थियो ।

सिसी टिभीको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय बेलबारी र पथरी गरी तीन ठाउँमा राखिएको छ । सिसी टिभी मनिटरिङका लागि कन्ट्रोल रुमको स्थापना गरिएको छ ।
मोरङमा प्रदेश सरकारबाट प्राप्त ५८, विराटनगर महानगरपालिकाबाट प्राप्त १०, नेपाल सरकारबाट प्राप्त ५२ र अन्य क्षेत्रबाट प्राप्त ३४ सिसी क्यामरा पहिलो चरणमै जडान गरिएको थियो । त्यसपछि विभिन्न पालिका र विभिन्न संघ संस्थाको सहयोगमा प्रहरीले संख्या थपेर २६९ पु¥याएको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्