धरानमा २२७ केजी गाँजासहित धनकुटाका दुईजना पक्राउ

धरानमा २२७ केजी गाँजासहित धनकुटाका दुईजना पक्राउ

धरान । सुनसरीको धरानबाट आठ बोरा गाँजासहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले बिहीबार बिहानका राति आठवटा बोरामा राखिएको २२७ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

धरान उपमहानगरपालिका–१३ शिवधारा चेकप्वाइन्टबाट प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा गाँजा ल्याएको सुचना पाएपछि चेकजाँच गरिएको थियो । त्यस क्रममा ८ बोरा गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले जानाकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानबाट खटिएको टोली बिहान साढे १ बजे २ सय २७ किलो गाँजासहित ट्रक र चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका– ६ सिँधुवाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी – २ ओख्रेका २८ वर्षीय चूणामणि कटवाललाई पक्राउ गरेको हो ।

उनीहरु बारे थप अनुसन्धानका लागि गाँजासहित नेपाल प्रहरीलाई बुझाईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्