प्रीतम श्रेष्ठको गजल ‘तिमी हिड्ने गल्ली’ सार्वजनिक

प्रीतम श्रेष्ठको गजल ‘तिमी हिड्ने गल्ली’ सार्वजनिक

विराटनगर । अमेरिकालाई आफ्नो कर्मथलो बनाउदै आएका गीतकार तथा साहित्यकार प्रीतम श्रेष्ठको गजल 'तिमी हिड्ने गल्ली' सार्वजनिक भएको छ ।

उक्त गजललाई नेपालका चर्चित गजल गायक तथा संगीतकार थानेश्वर गौतमले स्वर र संगीत दिएका छन्।

गजल गायनका लागी थानेश्वर गौतम मुख्य रोजाईमा पर्नुको कारण थानेश्वर गौतमको पृथक गायन र शैलीनै हो भने, गौतमका धेरै गजल अनि गीतहरु सर्बाधिक चर्चामा छन्।

उक्त गजल गौतमको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । चर्चित कलाकारहरु रोशनी कार्की ,देबेन्द्र बब्लु ,स्वाभिमान सुवेदीको अभिनय रहेको छ । गजललाई मौसम हिमालीले निर्देशन गरेका हुन् । भने राम केसीले छायांकन गरेका भिडियोमा मिलन बिश्वकर्माले सम्पादन गरेका छन् ।

उक्त गजल रिलिज भएदेखि नै रूचाईएको छ भने सामाजिक संजाल युट्युब, टिकटकमा राम्रो प्रतिक्रिया आएको गायक गाैतमले बताए ।

भिडीयो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्