मेलामा जेरी किनेर नक्कली नोट दिएपछि

मेलामा जेरी किनेर नक्कली नोट दिएपछि

इटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १ आपगाछीमा बिहीबार साँझ सिरुवा मेला लागेको थियो ।

भेला भर्न आएका थिए गढी गाउँपालिका–२ घर भएका ३८ वर्षीय जमिल खातुन । उनले जेरी किनेर एक हजार रुपैँयाको नोट दिएका थिए । पसलका सञ्चालकलाई जेरीमा हजार दिएपछि नक्कली भएको आशंका लागेर प्रहरीलाई खबर गरे ।

मेलास्थलमा ड्युटीमा रहेका प्रहरीले खबर पाएपछि नोटको नाँपजाँच गरेका थिए । नक्कली ठहरिएपछि पैसा तिर्ने खातुनलाई नियन्त्रणमा लिइएको थियो । त्यस क्रममा उनको साथबाट ६ थान हजारका र २२ थान पाँचसय दरका नोट बरामद भएको थियो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार बरामद भएका नोट सबै नक्कली रहेको पाइएको छ । नक्कली नोट बोकेर मेला भर्न आएका उनले विभिन्न सामान खरिद गर्ने नाममा सक्कली साट्ने योजना बनाएका थिए । नियन्त्रणपछि उनीमािथ थप अनुसन्धान सुनसरी प्रहरीले सुरु गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्