विराटनगरमा ५४ तोला सुनसहित पक्राउ परे केएल दुगड ग्रुपका कर्मचारी

विराटनगरमा ५४ तोला सुनसहित पक्राउ परे केएल दुगड ग्रुपका कर्मचारी

विराटनगर । विराटनगरबाट ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख रूपैयाँ भारुसहित केएल दुगडका कर्मचारी पक्राउ परेका छन् ।
सुन, चादी र नगदसहित कारोबारमा संलग्न आरोपमा बिनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारकालाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयको टोलिले को २ च १४९५ नम्बरको इको भेनमा रहेका उनीहरुको साथबाट सुन र नगद बरामद गरेको हो ।

पक्राउ परेकामध्ये बिनोद मुरारका भारतीय नागरिक हुन् । उनी विराटनगरस्थित केएल दुगड ग्रुपको अफिसका कर्मचारी रहेको खुलेको छ । बरामद सुनसहितका सामान अन्दाजी ९० लाख मूल्य बराबरको रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्