प्रहरीले विराटनगरमा पक्राउ गरेको सुन र चाँदी : व्यापारी घराना जोडिएपछि पहेंलो र सेतो धातु जस्तो मात्रै देखियो

प्रहरीले विराटनगरमा पक्राउ गरेको सुन र चाँदी : व्यापारी घराना जोडिएपछि पहेंलो र सेतो धातु जस्तो मात्रै देखियो

बिराटनगर । बिराटनगर महानगरपालिका–१५ बाट अवैध सुन, चाँदी धातुका गरगहना बोकेको भेन सहित ३ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ पक्राउ परेका उनीहरुको साथबाट सुन र चाँदी बरामद गरेपनि व्यापारी घराना जोडिएपछि पहेंलो र सेतो जस्तो धातु जस्तो वस्तु बरामद गरिएको उल्लेख्य छ ।

पक्राउ पर्नेमा भेन चालक बिराटनगर–२ का ५२ बर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ बर्षीय बिनोद कुमार मुरारका र उनकी श्रीमती ५६ बर्षीया पुष्पा मुरारका रहेका छन । पक्राउ परेका मध्ये बिनोदकुमार मुरारका विराटनगरको केएल दुगडका कर्मचारी रहेको खुलेको छ । केएल दुगड समूह विभिन्न शिर्षकमा ठगी गरेर फरार रहेर जोगिदैं आएका छन् । सुनसहित पक्राउ परेका बिनोद दुगड केएल दुगडको लेखापाल रहेको खुलेको छ ।

बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआईटीबाट परिचालन भएको प्रहरी बरिष्ट नायव निरीक्षक फिरोज चौधरी सहितको टोलीले संकास्पद अवस्थामा बिराटनगरबाट रानीतर्फ जाँदै गरेको को. २ च १४९५ नम्वरको इको भेनलाई रोकी चेक जाँच गर्ने क्रममा भेनमा लुकाई छिपाई राखेको अवस्थामा र भेनमा सवार रहेका उनिहरुको शरिर खानतलासी गर्ने क्रममा सुनका बिभिन्न प्रकारका गरगहनाहरु, चाँदी धातुबाट बनेका बिभिन्न प्रकारका सामग्रीहरु र बिभिन्न दरका भारतिया रुपैया ७ लाख ९५ हजार २ सय ८९ रुपैया बरामद गरेको हो ।

बरामद गरिएका निम्न अनुसारका गरगहना, नगद र इको भेन समेत गरी करिव ९० लाख मुल्य बरावरको सामाग्रीहरु आवश्‍यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानी मार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ भने अन्य थप अनुसन्धान भईरहेको छ ।
प्रहरीले ठुलो बिस्कुट थान–३ (३० तोला) सानो बिस्कुट थान–६ (६ तोला) ५ ग्रामको बिस्कुट थान–२ (१० ग्राम) सिक्काहरु (३६ ग्राम), ४ ग्रामको सिक्काहरु थान–१० (४० ग्राम), १० ग्रामको सिक्का थान–१, ८ ग्रामको सिक्का थान–६ (४८ ग्राम), १० ग्रामको सिक्काहरु थान–२ (२० ग्राम), कनौती थान–२ (५.७८ ग्राम), ह्यालिङ थान–२ (६.५० ग्राम) रहेको छ ।

यस्तै चाँदी चाँदीको ढिक्का थान–११ (१७१९.४४ ग्राम), बुनिया ( ९२.८० ग्राम) सिक्का थान(६८ (३६८.३२ ग्राम), चार मुखे कचौरा (दियो) थान–१ (५०.१४ ग्राम) सिन्धुर राख्ने सिसि थान–१ (५.४८ ग्राम ) थाल थान–६ (२४१४.०८ ग्राम) कचौरा थान–६ (३९७.८४ ग्राम), चम्चा थान–६ (३०३.४९ ग्राम) गिलास थान–६ (३६८.८३ ग्राम) मड्की थान–१ (३७.८८ ग्राम) डिनरसेट ढोंगा ४ थान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्