डिआईजी बास्तोला भन्छन्–सबै अपराध नियन्त्रणमा सक्रिय

डिआईजी बास्तोला भन्छन्–सबै अपराध नियन्त्रणमा सक्रिय

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डीआइजी) राजेशनाथ बाँस्तोलाले खुल्ला सीमानाकाबाट हुने चोरी पैठारी तथा निकासी रोक्न जतिसक्दो प्रयत्न गर्ने दावी गरेका छन् । कार्यालय परिसरमा पत्रकारसँग परिचायात्मक कार्यक्रमको आयोजना गरेर डिआईजी बास्तोलाले मंगलबार सबै किसिमका अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् ।

उनले त्यसका लागि प्रहरी संगठन भित्रको आन्तरिक सुद्धिकरण र व्यवस्थित परिचालनलाई ध्यानमा राख्ने बताएका छन् । दरबन्दी तोकिएको स्थानमै प्रहरीले काम गर्ने अवस्था सिर्जना गरिने दावी गरेका छन् । कोशी प्रदेशमा १० हजार प्रहरी संगठन सदस्य कार्यरतर रहेकामध्ये दुई हजार पाँचसय काज सरुवा लिएर काम गर्दै आएको तथ्यांक रहेको उनले जानकारी दिए । ‘अब दरबन्दी रहेको स्थानबाटै प्रहरीले काम गनुपर्नेछ’ डिआईजी बास्तोलाले भने–आ–आफ्नो स्थानमा सबैले इमान्दारपूर्वक काम गर्नुपर्नेछ ।

उनले समुदाय प्रहरी कार्यालयमार्फत कानुन उल्लंघनका घटनालाई न्यूनीकरण गर्ने बताएका छन् । प्रहरीलाई समुदायसँग जोड्दै कानुन उल्लंघनका घटना न्यूनीकरण गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्