मोरङमा पक्राउ परे लुटपाट र कुटपिटका १५ जना फरार

मोरङमा पक्राउ परे लुटपाट र कुटपिटका १५ जना फरार

विराटनगर । मोरङ जिल्ला अदालतको फैसला अनुसार लुटपाट र कुटपिटमा दोषी ठहर भई फरार रहेका १५ जनालाई प्रहरीले पक्राउ गरेर बुझाएको छ । २०७१ चैत १७ गते र २०७५ कातिक १८ गतेको फैसला अनुसार दोषी भई फरार रहेका १५ जनालाई प्रहरीले एकै पटक पक्राउ गरेर अदालतमा बुझाएको प्रहरी प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा मोरङ जहदाका रमेश ऋषिदेव, अकाल देवी ऋषिदेव, मानिकचन ऋषिदेव, फागुलाल ऋषिदेव, लिलम देवि ऋषिदेव, मदनलाल ऋषिदेव, बिषेश्वर ऋषिदेव, सुकल मुखिया, सितया देवी मुखिया, रामेश्वर मुखिया, बुधन मुखिया छन् ।

यसैगरी सुनवर्षी नगरपालिका २ का प्रमोद साह, गंगा साह, अनिल साह, मनोज कुमार साह, दिल कुमारी साह, गणेश साह, पुष्पलाल आचार्य रहेका छन्। उनीहरुलाई फैसला कार्यन्वयनका लागि अदालतमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्