पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने सुन्दरहरैंचाका सिग्देल पक्राउ

पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने सुन्दरहरैंचाका सिग्देल पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटचौक ५ बस्ने बर्ष ३६ को देबराज सिक्देल रहेका छन् ।

सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गरेर आफ्नै घरमा संचालन गर्दै आएको आर.ए.भिजन एकाउन्ट सोल्युसन प्रा.लि. फर्मका एकाउन्टेन समेत रहेका सिक्देलले रमेश आचार्यको नबिल बैङ्क शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी बिभिन्न मितिमा अठ्ठाईस हजार एक सय र आचार्यका काका स्थानीय ओमनाथ आचार्यको माछापुच्छ्रे बैङ्क शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी बिभिन्न मितिमा छैसठ्ठी हजार आठ रुपैया निकालेको आरोप छ ।

पक्राउ परेका सिग्देलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । पीडितले पैसा झिकेको भन्दै उनी विरुद्ध उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्