फेसबुक पोष्टले आलोचित बन्दै धरानका मेयर हर्क साम्पाङ्ग

फेसबुक पोष्टले आलोचित बन्दै धरानका मेयर हर्क साम्पाङ्ग

विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहने धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) पछिल्लो समय विवादै विवादमा तानिएका छन् । सक्रियताका साथ मिनेट–मिनेटमा पोष्ट हुने स्टाटले विवादको उल्झनमा पर्नु उनका लागि सामान्य जस्तो भईसकेको छ ।

उनले स्टाटस मार्फत व्यक्त गर्ने अभिव्यक्तिको कमेन्टमा हेर्ने हो भने समर्थक र विरोध गर्नेहरुको भिड पनि उत्तिकै हुन्छ । त्यसो त सामाजिक सञ्जालमा देखिने सक्रियताले उनको दैनिकी नै स्टाटस पोष्ट गरेर सुरु हुन्छ भन्दा कुनै फरक नपर्ला । अहिले सामाजिक सञ्जालमा व्यक्त गरिएको अभिव्यक्ति र उनले पत्रकारहरुलाई गर्ने व्यवाहारले धरानमा मेयर र पत्रकारहरुबीच एक खालको द्धन्द्ध चलिरहेको छ । वैशाख १४ गते शुक्रबार कार्यपालिकाको बैठक बस्न नसकेको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकार खिलानाथ विश्वकर्मासँग मेयर साम्पाङले गरेको व्यवहारप्रति ध्यानकर्षण गराउदै विज्ञप्ति जारी गरिएको थियो ।

विश्वकर्माले बैठकको विषयमा मेयर साम्पाङलाई प्रश्न गर्दा ‘तपाई कुन पार्टीको ? ’ भनेर सोधिनु प्रेस स्वतन्त्रता माथि नै प्रहार भएको विज्ञप्तिमा जनाएको छ । त्यसो त उनले आफ्ना अभिव्यक्ति कार्यालयमा मात्रै सिमित राखेनन् त्यसलाई सामाजिक सञ्जालमा समेत छरपस्ट पारे ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘मेयर साम्पाङले सामाजिक सञ्जालमा पत्रकार सबै झोले हुँदैनन् तर झोले पत्रकारहरु हुनुभन्दा नभएको राम्रो समाजमा भ्रम बेचेर आफ्नो पेट पाल्नेहरुको कुरा के गर्नु ? ’ यति मात्रै होइन उनले मिडिया हाउसको नाम समेत उल्लेख गरेर अमर्यादित ढंगबाट प्रस्तुत भए । उनले धारनमा महासंघले बुझाएको ज्ञापनपत्रलाई बेवास्ता गर्दै सामाजिक सञ्जाल मार्फत प्रस्तुत भए । नगर प्रमुखको धारणा व्यक्तिगत फेसबुकबाट आउनु महानगरको आधिकारिक प्रतिवद्धता नरहको भन्दै पत्रकारहरुको सुरक्षा, र पत्रकारिताको सम्बद्र्धन , प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको सञ्चार ऐन, नियमावली, निर्देशिका निर्माण गर्ने पूर्ण प्रतिवद्धता नआएसम्म आन्दोलनका कार्यक्रमहरु महासंघले घोषणा गरेको छ ।

वैशाख २८ गते देखि प्रेस विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलन सुरु भएको महासंघको सोमबार महानगरको प्रवेशद्धार अगाडी मुख थुनेर मौन जुलुस प्रदर्शन भएको छ । जेठ २ गतेसम्मका लागि घोषणा गरिएको आन्दोलन धरानमै पूर्व मेयरहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
यता, मेयर सम्पाङले फेसबुक लाइभमार्फत आफ्नो धारणा व्यक्त गर्दै आफूले कसैमाथि बोल्न पाउने अधिार माथि हनन नगरेको बताएका छन् । उनले धरानको वेतिथि र धरानको जनताले खानेपानी नपाएर जर्जर स्थिति देखेर संगठन, पार्टी बिना संघर्ष गरेर जाताका कुरा उठाएर नगर प्रमुखको पदमा आएको बताउदै आफूलाई लागेको कुरा निर्बाधरुपमा बोल्दै आए उल्लेख गरे ।
उनले भनेका छन्,‘अरुको कुरा पनि सुन्दै आए निर्भिकरुपमा बोल्ने व्यक्ति हुँ ’ लोकतन्त्रमा बोल्न पाउने अधिकार, वाकस्वतन्त्रताको अधिकार सबैलाई हुन्छ भएको बताउदै उनले भनेका छन,‘ त्यसो हुने भएकाले बोल्नुपाउनुपर्छ भन्ने मेरो आधारभूत बुझाई छ ।’
मेयर साम्पाङको फेसबुक लाइभमा दिइएको अभिव्यक्ति
मैले कुनैपनि पत्रकारलाई नबोल, नलेख, भनेर मैले कहिल्यै पनि भनेको छैन । मलाई थाहा छ पत्रकारिता आलोचनात्मकनै हुन्छ, पत्रकारिताले सत्तापक्ष भन्दा पनि प्रतिपक्ष जस्तो रहेर नै कलम चलाउनुपर्छ अथवा समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मेरो बुझाई छ । यसमा म प्रष्ट छु, कसैलाई बोल्नु दिएन, लेख्नुदिएन भन्नु गलत कुरा हो । अहिले आएर देखिएको कुरा खासमा यहाँहरुले देखिरहुनभएको छ । पत्रकारिताको नाममा जथाभावि लेख्नबोल्नु हँुदैन भन्ने बुझाई हो, मेरो यहाँ नगर प्रमुख भइरहँदा मैले ‘ल एण्ड अर्डर मेन्टन’ गराउनुपर्ने दायित्व पनि वहन गर्दछु । त्यसो भएको कारणले गर्दा जे पायो त्यही बोल्नु हँुदैन भन्ने कुरा हो । कुनै व्यक्तिलाई लक्षित गरेर भनिसकेपछि त्यो भनाईको जिम्मेवारी जवाफदेहीता हामीले लिएर त्यो भनाई आरोपको रुपमा यदि गएको छ भने पुष्टि गर्नुपर्ने दायित्व पनि हुन्छ ।

त्यो विगतमा केही कमिकम्जोरी देखिन्छ । त्यसो भएको कारणले गर्दा नगरपाकिलालाई गम्भिर आरोप लाग्यो घुस नखाइ काम गर्दैन भन्ने आरोप लाग्यो त्यो आरोप लगाउने व्यक्तिलाई तपाईलाई देखाइदिनुपर्छ कसले घुस आएको हो म कार्वाही गर्छुृ भन्दा बोल्न दिएन, लेख्न दिएन भनेर मावनअधिारमा पनि जाुनभएको छ । उहाँहरुले बोलिसक्नुभयो बोलिसक्नुभयो अब लेखिसकेपछि बोलिसकेपछि यस्तो अभिव्यक्त भयो धरानमा भ्रष्टाचार भएकोछ घुस नखाइ काम हुँदैन त्यो भन्दा गम्भिर आरोप के होला ? हाम्रो महासाखाले कहाँ कम्जोरी छ देखाइदिनुस भन्दा बोल्न पाएन भन्ने आएको छ । डर धम्कि देखाएको भन्ने पनि आयो म जस्तो तपाई शासक हो कि जनप्रतिनिधि हो ? भन्ने प्रश्न पनि गर्नुभएको छ । हर्क साम्पाङ तडकभडक गरेर हिँडेको छैन बडीगार्ड लिएर हिँडेको छैन साधारण जनतासँग हुन्छु, निमुखा जनतासँग मिलेर काम गर्छु म जनतसँग छु मैले शासकको व्यवहार मैले कहीँकतै देखाएर मेरो अभिव्यत्ति, बेथिती अन्याय विरुद्ध कडा तरिकारले लाग्छु, विसंगति विरुद्ध बोल्दा शासक जस्तो लाग्छ भने मेरो भनाई केही पनि छैन । म जनताको प्रतिनिधि जनताको सेवा , गरेर हिँड्छु, जनताको लागि काम गर्नेलाई निरंकुश शासक भन्ने मिल्छ कस्तो कस्तो मिथ्या कुरा गर्नुहूनछ भन्दै हाँस्छन हाँस्नु बाहेक केही छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्