उर्लाबारी–४ का दुई अलग–अलग स्थानबाट ब्राउनसुगर बिक्री गर्दै गरेका दुईजना पक्राउ

उर्लाबारी–४ का दुई अलग–अलग स्थानबाट ब्राउनसुगर बिक्री गर्दै गरेका दुईजना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ नम्बर वडाका दुई अलग–अलग स्थानमा ब्राउनसुगर बिक्री गरिरहेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीले विशेष सुचनाका आधारमा उर्लाबारी–४ का सन्जय प्रधान र अर्जुन श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने दुवैजना एउटै वडाका हुन् । उनीहरु पक्राउ पर्दा एउटै वडाका दुई अलग–अलग स्थानमा भेटिएका थिए । दुवैको साथबाट ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।

गोप्य सुचनाका आधारमा प्रहरीले खोजतलास गर्दा सन्जय श्रेष्ठलाई बक्राहा खोलाको पुलको मलामी चौतारो नजिक मे ५ प.८८२४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको थियो । उनलाई चेकजाँच गर्दा ४ ग्राम ७६० मिलिग्राम ब्राउनसुगर फेला पारिएको थियो ।

यसैगरी मंगलबार दिउँसो १२ बजे उर्लाबारी–४ किसान चौकमा २ ग्राम ४९० मिलिग्राम खैरो हिरोइनसहित अर्जुन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । सडकको किनारमा प्रदेश नं.१–०२–०५० प–५४४४ नम्बरको मोटरसाइकलमा रहेका उनलाई चेकजाँच गर्दा ब्राउनसुगर बरामद भएको थियो । प्रहरीलाई ब्राउनसुगर बिक्रीको कारोबार भईरहेको सुचना प्राप्त भएपछि उनीहरुलाई निगरानी गर्दै पछ्याएको थियो । पक्राउ परेका दुवैजना विरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्