विराटनगर ट्राफिक चौकमा हतियार प्रहार हुँदा एकजना घाईते

विराटनगर ट्राफिक चौकमा हतियार प्रहार हुँदा एकजना घाईते

विराटनगर । विराटनगरको ट्राफिकचौकमा चक्कु प्रहार हुँदा एकजना घाईते भएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार विराटनगर–१५ का ३२ वर्षीय राहुल रायलाई उनकै साथीले हतियार प्रहार गर्दा हातमा चोट लागेको हो।

प्रहरीले हतियार प्रहार गर्ने विराटनगर–१२ का २८ वर्षीय जितेन्द्र कामतलाई पक्राउ गरेको छ । प्रारम्भिक जानकारी अनुसार उनीहरु साथीसाथीबीच भएको विवादपछि उनीहरुबीच झगडा भएको हो ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

घाईतेलाई कोशी अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्