धानको बीउमा कालो बजारी गर्ने पक्राउ

धानको बीउमा कालो बजारी गर्ने पक्राउ

विराटनगर । धान खेती सुरु गर्ने समय भित्रिएसँगैे किसानलाई झुक्याएर बीउ बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका–९ मा धान बिक्री गर्ने निशा कुमारी सिंह रहेकी छिन् ।

उनले सुनवर्षी ९ साहु टोलस्थित रबिनकुमार साहको घरबाट स्थानीय जातको धानलाई भारतको पान स्पिड प्रा.लि.कोलकाता उल्लेखित बोरामा हालेर उन्नत भन्दै बिक्री गरेको आरोप छ । प्रहरीले आइतबार उनलाई पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले स्थानीय धानलाई भारतबाट आयात गरेको उन्नत भन्दै नक्कली स्टिकर टाँस गर्ने गरेको सुचनाका आधारमा छापा मारेको थियो । कोलकाताबाट धान आयात गरेको भन्दै किसानलाई बिक्री गरेको थाहा पाएपछि छापा मारिएको थियो ।

प्रहरीले स्थानीय जातको ३४ बोरा, प्याकिङ्ग ५ केजीका पाँच झोला, स्टिकर १७५ पिस, धागो, सिलाउने मेशिन, बोरा समेत बरामद गरेको छ । यसैगरी विजयकुमार ासहले डाइनियामा सञ्चालन गर्दै आएको मुकेस खाद बिज भण्डारबाट २४ बोरा धान समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्