एमजी जेडएस ईभीको बुकिङ खुला, यस्ता छन् गाडीका फिचर

एमजी जेडएस ईभीको बुकिङ खुला, यस्ता छन् गाडीका फिचर

नेपालमा एमजीको विद्युतीय गाडी (ईभी)को बुकिङ खुला भएको छ । एमजीका लागि नेपालको एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्सले नयाँ मोडलको विद्युतीय गाडी एसयूभी एमजी जेडएस (डिलक्स) ईभीको प्रि–बुकिङ खुला गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा ५० किलोवाटदेखि १०० किलो वाटसम्मको विद्युतीय गाडीमा अत्याधिक कर वृद्धि भएतापनि एमजीको यस मोडलको गाडीको मूल्य जम्मा ५२ लाख ९९ हजार मात्र तोकिएको कम्पनीको भनाइ छ ।

बजेट भाषण अगाडि यस गाडीको मुल्य ५२ लाख ४९ हजार रुपैयाँ रहेको थियो । भन्सार र अन्तः शुल्क गरी २५ प्रतिशत कर पुगे पनि यो ईभीको मूल्य भने ५० हजारले मात्रै बढेको हो ।

“विश्व चर्चित एमजी ब्रान्डले आफ्ना विविध मोडलका गाडीहरूले गर्दा नेपाली बजारमा पनि आफूलाई एउटा अब्बल ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको छ,” कम्पनीले विज्ञप्तिमा भनेको छ, “विविध विद्युतीय मोडलका गाडी उपलब्ध गराएको एमजीले आफूलाई नेपालीहरूको सर्वाधिक रुचाइएको गाडी मध्येमा पार्न सफल भएको छ ।” प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका भण्डारमा रहेका गाडीको मूल्य अझैं ५२ लाख ४९ हजार मात्रै रहने बताएको छ ।

विराटनगरमा पीआर सप्लायर्स एमजीको विद्युतीय गाडीको बिक्रेता रहेको छ ।

कस्तो छ एमजी जेडएस (डिलक्स) ईभी ?
९९ मोटर पीक पावर रहेको गाडीमा अधिकतम टर्क २८० एनएम छ । ५१ किलोवाटको ब्याट्री रहेको गाडीले ३२० किलोमिटर रेन्ज दिन्छ । गाडी ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने र ब्याट्रीको वारेन्टी आठ वर्ष रहेको कम्पनीले जनाएको छ ।

सुरक्षाको लागि गाडीमा ६ वटा एयर ब्याग, ईएसपी, ईएबी, एचडीसी र अटो होल्ड जस्ता फिचर राखिएको बताइएको छ । यस्तै, मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इञ्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि सात इञ्चको डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्रीडी साउन्ड सिस्टम रहेको छ ।

यस्तै, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४ वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा  इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरू राखिएको कम्पनीले जनाएको छ ।

एमजी जेडएस (डिलक्स) ईभी डोभर ह्वाइट, कोस्मिक सिल्भर, डायमण्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लू गरी पाँच रङको किसिममा उपलब्ध रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्