आफैँ ट्याक्टर चलाएर बेहुला बेहुलीको घर पुगेपछि…

<span class='c1'>आफैँ ट्याक्टर चलाएर बेहुला</span> <span class='c2'>बेहुलीको घर पुगेपछि…</span>

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् ।

आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्याक्टरको जुलुस गराएका छन् । सोमबार बिहान बेहुला प्रकाश चौधरीको घरबाट ५१ किलोमिटर टाढा रहेको रोली गाउँतर्फ दुलही लिन गएको टोली देखेर गाउँभरका मानिस अचम्म मानेर हेरिरहेका थिए । अझ आश्चर्यको कुरा के भने दुलाहा आफैले ट्याक्टर चलाएका थिए । उनका पछिपछि ५० वटा ट्याक्टरको ताँती थियो । ट्याक्टरमा दुई सय जनाभन्दा बढी जन्ती थिए ।

“मेरो विवाहमा जम्मा एउटा ट्याक्टर थियो, मैले छोराको लागि ५१ वटा ल्याएँ,”आफ्नो परिवारको मुख्य पेशा कृषि भएकाले किसानको पहिचान ट्याक्टर चलाएर बुहारी लिन छोरालाई निर्देशन दिएको स्पष्ट गर्दे दुलहा प्रकाशका बुवा भन्छन् । बाबुको निर्देशनअनुसार आफूले ट्याक्टर चलाएको र किसानको छोरालाई दुलही लिन जाँदा अन्य सवारी साधन चढ्नुपर्छ भन्ने नलागेको उनले बताए । शेरवानीमा सजिएका उनले रवाफिलो विवाह नरुचाएको एनएनआईलाई सुनाए ।

कन्या पक्षका मानिस दुलहा स्वयमले् ट्याक्टर लिएर आएको खबर दुलही ममताको गाउँमा फैलिएपछि आश्चर्यचकित धेरै गाउँले प्रकाश र ट्याक्टरमा आएका उनका जन्तीलाई हेर्न धुइरिएका थिए । प्रकाशका पितासँग ३० वटा ट्याक्टर भएकाले जन्ती जान अरु सवारी साधनको जोहो नगर्ने बरु छिमेकी किसानका ट्याक्टर पनि माग्ने निर्णय गरेर थप २१ वटा ट्याक्टरमा जन्ती व्यवस्थापन गरिएको उनले बताएका छन् ।रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्