विराटनगरको ‘जि क्याफे एण्ड बिस्ट्रो’ का सञ्चालक र्यापर गिरिस खतिवडा विरुद्ध कर्तव्य ज्यान गरेको आरोपमा जाहेरी

विराटनगरको ‘जि क्याफे एण्ड बिस्ट्रो’ का सञ्चालक र्यापर गिरिस खतिवडा विरुद्ध कर्तव्य ज्यान गरेको आरोपमा जाहेरी

विराटनगर । विराटनगर–८ स्थित जि क्याफे एण्ड बिस्ट्रो का सञ्चालक र कर्मचारी विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा कर्तव्य ज्यानमा किटानी जाहेरी परेको छ । मासुको बक्यौता रकम उठाउन गत असार ३ गते आएका धनपालथान गाउँपालिका–४ कर्सियाका कासीद अन्सारीलाई कुटपिट गरेर सख्त घाईते बनाई अस्पतालमा भर्ना गराएको आरोप छ । उनको उपचारका क्रममा मृत्यु भएपछि पीडित परिवारले सञ्चालक र कर्मचारी विरुद्ध किटानी जाहेरी दर्ता गराएको हो ।

मृतक मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका थिए । गत असार ३ गते क्याफेमा मासु दिए बापत ४० हजार पैसा उठाउन आएका अन्सारीलाई विराटनगर महानगरपालिका ८ मधुमाला निवासी गिरीश खतिवडा, क्याफेमा काम गर्ने जहादा गाउँपालिका ३ का करण राजवंशी र विराटनगर महानगरपालिका १६ बस्ने अनुराग राउतले कुटपिट गरेर सख्त घाईते बनाएको आरोप छ । उनको विराट नर्सिङ्ग होममा उपचारका क्रममा मृत्यु भएको छ ।

क्याफेका सञ्चालक गिरिस खतिवडा ¥यापर हुन् । मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले जाहेरी परेपछि अनुसन्धान भईरहेको बताएका छन् । जाहेरीमा गिरिश खतिवडा सहितका आरोपितहरु मिलेर सख्त घाइते बनाई अस्पताल भर्ना गरेपनि सोहि चोटको कारण कासिद अन्सारीको मृत्यु भएको भनिएको छ । मृतकका दाजु रासिद अन्सारीले वर्षौ देखि मासु पसल संचालन गर्दै आएका भाईको ‘जी क्याफे’ मा पनि कारोबार रहेको र घटना भएको दिन मासुको रकम उठाउन बोलाई सुनियोजित हत्या गरिएको आरोप जाहेरीमा लेखाएका छन् ।

प्रहरीले किटानी जाहेरी परेपनि प्रमाण फेला नपरेको भन्दै संलग्न आरोपी भनिएकाहरुलाई पक्राउ गरेको छैन । सञ्चालक खतिवडासहितले भने होटलको सीसामा ठोकिएर उनलाई चोट लागेपछि अस्पताल लगिएको अवस्थामा मृत्यु भएको दावी गर्दै आएका छन् । प्रहरीले घटना अनुसन्धानका लागि पोष्टमार्टम रिपोर्ट आवश्यक रहेको बताउँदै आएको छ । घटना हुँदाताका क्याफे भित्रको सिसी टिभी बन्द रहेको दावी गरिएपनि प्रहरीले यसको सुक्ष्म अनुसन्धान भने गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्