र्‍यापर गिरिश खतिवडालाई पक्राउ गर्नुपर्ने माग गर्दै विराटनगर–रंगेली सडक अवरोध

र्‍यापर गिरिश खतिवडालाई पक्राउ गर्नुपर्ने माग गर्दै विराटनगर–रंगेली सडक अवरोध

विराटनगर । र्‍यापर गिरिश खतिवडासहित उनको होटल जी क्याफे एण्ड विस्त्रोमा कार्यरत कर्मचारीलाई पक्राउ नगरेको भन्दै मोरङको रंगेली–विराटनगर सडक खण्ड अवरुद्ध पारिएको छ । मासु व्यवसायी कासिद अन्सारीको मृत्युमा होटलका सञ्चालकसहितले कसुर गरेको दावी गर्दै आफन्तले सडक अवरोध गरेर तत्काल पक्राउ गर्नुपर्ने माग राखेका हुन् ।

विराटनगर ८ मा र्‍यापर गिरिश खतिवडाले सञ्चालन गरेको होटल जी क्याफे एण्ड विस्त्रोमा गत असार ३ गते घाइते भएका अन्सारीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो । आफन्तले होटलमा गम्भीर घाईते भवितव्य नभई कर्तव्यबाट भएकोले मृत्यु भएको दावी गर्दै विरोध जनाउँदै आएका छन् । आफन्तले गायक खतिवडा र होटलका दुई कर्मचारीविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन । त्यसको विरोधमा सोमबार कर्सियामा विरोध गरिएको छ ।

असार ३ गते जी क्याफे एण्ड विस्त्रोमा मासु पुर्‍याउन आएका अन्सारी होटलमा घाइते भएका थिए । सिसाले काटेर तिघ्रामा गहिरो चोट लागेपछि उनलाई कोशी अस्पताल हुँदै उपचारका लागि विराट नर्सिङहोम लगिएको बताइन्त । तर, आफन्तले भने सीमाले काटेको नभई तीनजााले कुटपिट गरेको दावी गर्दै आएका छन् । पीडित परिवारले क्याफेमा कार्यरत करण राजवंशी, अनुराग राउत समेतविरुद्ध कर्तव्य ज्यान गरेको दाबीसहित किटानी जाहेरी दिएका थिए ।

प्रहरीले भने घटनाको अनुसन्धान कायम राखेको छ । प्रहरीले यथेष्ट प्रमाण फेला नपर्दासम्म पीडित परिवारले भनेका भरमा कसैलाई नियन्त्रणमा लिन मानिरहेको छैन । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको थप कारवाही बढाउने भएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्