यात्राका १२ वर्ष, सिक्ने सिकाउने पाठशाला

यात्राका १२ वर्ष, सिक्ने सिकाउने पाठशाला

विराटनगरबाट प्रकाशित आवर विराटनगर अनलाइन असार १५ गते, आज १२ औं वर्षमा प्रवेश गरेको छ । एघार वर्षको सुखद् अनुभव र शिक्षा लिएर १२ औं वर्षको यात्रा तय गर्ने अवसर प्रदान गर्नुहुने सम्पूर्ण पाठक र शुभेच्छुकप्रति आभार व्यक्त गर्दछौं ।

सञ्चारमाध्यमको सबैभन्दा ठूलो सम्पति पाठक हुन् । पाठक बिना सञ्चारमाध्यमको जीवन फगतः नाम जोड्नका लागि मात्रै जीवित रहन्छ । हृदयभरको माया बोकेर आवर विराटनगर १२ औं वर्षमा प्रवेश गराउनु हुने हाम्रा पाठक कामको मूल्याकंन गरेर नाम सम्झनु हुन्छ भन्ने विश्वास लिएका छौं । त्यसमा आमपाठक र शुभेच्छुकको भरोसाको आवाज बनाउन हाम्रो अनवरत प्रयास रहँदै आएको छ । त्यहि प्रयास नै आजसम्म माया पाउने आधार बनेको छ ।

‘हामी जोड्दछौं विराटनगरलाई विश्वसँग’ हाम्रो मूल नारा विराटनगर प्रेरित छ । हामी जुन क्षेत्रमा काम गरिरहेका छौं, त्यसलाई प्राथमिकता दिनु थियो । त्यसैले पनि होला विराटनगरका आम पाठकबीच हामीप्रतिको स्नेह निक्कै प्रगाढ रहेको छ । सञ्चार क्षेत्रमा सम्प्रेषण गर्ने समाचार तथा सूचना सामाग्रीका मूल स्रोत आजसम्म विराटनगरवासी नै रहँदै आउनु भएको छ ।

समाचार स्रोत बन्नुहुने पाठक आवर विराटनगरका लागि सबैभन्दा महत्वपूर्ण पक्षको रुपमा रहँदै आउनु भएकाले नै १२ औं वर्षसम्मको यात्रामा दुखद् अनुभूतिसँग हाम्रो सम्बन्ध जोडिएको छैन ।
आवर विराटनगरको यात्रा पाठक र सञ्चारकर्मीबीचको पाठशाला बनेको छ । सञ्चारमाध्यमाको प्लेटफर्म भित्र छिरेर पाठकका माग र गुनासोको सम्बोधन खोज्ने समाचार सामाग्री पस्कने पेसालाई रक्तिभर ढिलाई गर्नुलाई हामीले सान्दर्भिक ठान्दैनौं । सरकार र नागरिकका दुई किनारलाई जोड्ने सुविधा र भरोसायोग्य पुलको संरचना जस्तै छ सम्बन्ध । जुन विराटनगरवासीको मायाले प्राप्त गरेको विश्वासयोग्य सम्पति हो ।

अन्तमाः आजसम्मको माया र भरोसा टिकाउने हाम्रो अभियान निरन्तर रहने छ । तर, साथसाथ जोडिएर मात्रै सामाजिक दायित्व पूरा गर्न सकिन्छ भन्ने हिजोको मर्म भोलिपनि कायम रहने अपेक्षा गरेका छौं । यो बीचमा कहिंकतै कमजोरी भएको भए त्यसलाई सच्चाउन भुल्ने छैनौं । आगामी दिनमा पनि कमिकमजोरीलाई औल्याउँदै सच्याउन दवाव दिनुहुनेछ भन्ने अपेक्षा राख्दछौं । ११ वर्षसम्म आउन जुन माया दिनुभयो १२ औं वर्ष प्रवेश गरेपछि पनि त्यो माया जीवन्त रहने अपेक्षासहित हार्दिक आभार व्यक्त गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्