राजविराजमा पक्राउ पूर्जी जारी भएपछि विराटनगरका उद्योगी फरार

राजविराजमा पक्राउ पूर्जी जारी भएपछि विराटनगरका उद्योगी फरार

विराटनगर । मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी, उनका छोरा अनुज राठीसहित विरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनीहरु फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले उद्योगका व्यापार प्रवन्धक ज्योति जोशीलाई नियन्त्रणमा लिएपछिको प्रारम्भिक बयानमा उद्योगका सञ्चालकसहित सातजना विरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

राजविराज–४ का दिवाकर साहले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । त्यसका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी गरेर व्यापार प्रबन्धक जोशीलाई प्रहरी पक्राउ गरेर अदालतबाट म्याद गरिसकेको छ ।
साहले आफ्नो घर निर्माणका क्रममा मारुती सिमेन्टको प्रयोग गरेका थिए । सिमेन्ट प्रयोग गरी बनाएको घरमा भर्‍याङ भत्केको थियो । सिमेन्ट गुणस्तरहीन भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उनले जाहेरी दिएका हुन् । आपराधिक विश्वासघात मुद्दामा प्रहरीले अनुसन्धान गर्ने तयारी गरेको छ ।

सोही जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भई जोशीलाई विराटनगरबाट पक्राउ गरी सप्तरी ल्याइएको छ । प्रहरी स्रोतका अनुसार उक्त मुद्दामा मारुती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर राठी, प्रबन्ध निर्देशक अनुज राठी,मारुती सिमेन्टका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी,डिलर सञ्जय साह,सिमेन्ट बिक्री वितरण गर्ने राजविराज-२ का नरेश साहसहित अजयकुमार साह विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

यता मारुती सिमेन्टका सञ्चालक पक्षले भने जसले मुद्दा हाल्यो उसैले लामो समयदेखि बार्गेनिङ्ग गर्दै आएको दावी गरेका छन् । पैसाका लागि बार्गेनिङ गरेका साहलाई यस अगाडी समेत केहि रकम दिएको बुझिएको छ । तर, उनी घर बनाउने भएकोले बारम्बार रकम माग्न थालेपछि उद्योग सञ्चालकहरु वेवस्था गरेका कारण मुद्दा लगाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्